Logo
Logo

राजावादीले आगो लगाउँदा एभिन्युज टिभीका पत्रकारको मृत्यु


1k
Shares

काठमाडौं । राजावादी समर्थकले तिनकुनेस्थित एक घरमा आगो लगाउँदा जलेर एक पत्रकारको मृत्यु भएको छ । एभिन्युज टेलिभिजनका भिडिओ पत्रकार सुरेश रजकको आगलागीमा परेर मृत्यु भएको हो ।

नेपाल प्रहरी केन्द्रीय प्रवक्ता डिआइजी दिनेशकुमार आचार्यले आगो लागेको घरको चौथो तलामा जलेको अवस्थामा एक जनाको शव भेटिएको र सनाखत हुन बाँकी रहेका जानकारी दिए ।

एभिन्युज टेलिभिजनले लाइभमै तिनकुनेस्थित एक घरको छतबाट भिडिओ खिचिरहेका आफ्नो पत्रकार सुरेशको मृत्यु भएको उल्लेख गरेको छ । तीनकुनेको रोयल बैंक्वेट नजिकैको घरमा राजावादीहरुले शुरुमा तोडफोड गरेर त्यसपछि आगो लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्