काठमाडौं । कोटेश्वरस्थित जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको कारखानामा राजावादीले लगाएको आगो अझै नियन्त्रणमा आएको छैन। सञ्चोलगायत औषधि उत्पादन गर्ने उक्त कारखानामा चार घन्टादेखि आगो दन्किइरहेको छ।

राजावादीहरूले उक्त कारखानाको पार्किङमा रहेको ९ वटा सवारी साधनमा आगजनी गरेका थिए। तीनकुनेमा हिंसात्मक प्रदर्शनपछि तितरवितर भएका प्रदर्शनकारीले पेप्सीकोलातर्फ जाने चोकमा रहेको जडिबुटी कारखानामा आगो लगाएका थिए।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आह्वानमा शुक्रबार राजावादीहरूले प्रदर्शन र सभाको आयोजना गरेका थिए।
तर सभा सुरू हुनुपूर्व नै प्रहरीसँग मुठभेडमा उत्रिएपछि तीनकुने क्षेत्रको प्रदर्शन हिंसात्मक बन्न पुगेको थियो।
उत्तेजित राजावादीहरूले सञ्चार गृह र निजी घरमा समेत निशाना बनाएका थिए।