Logo
Logo

राजावादीको आन्दोलनमा २ जनाको मृत्यु, १५ सुरक्षाकर्मी घाइते


3.2k
Shares

काठमाडौं । राजावादीको आन्दोलनमा खटिएका १५ सुरक्षाकर्मी घाइते भएका छन् । राजावादीले तीनकुने क्षेत्रमा गरेको प्रदर्शनमा खटिएका १५ जना सुरक्षाकर्मीेहरू घाइते भएका हुन् ।

गृहका सहसचिव छवि रिजालले यो समाचार तयार पार्दासम्म १५ सुरक्षाकर्मी घाइते भएको विवरण आएको जानकारी दिए ।
आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंका कारण आजको स्थिती आएको सरकारले निष्कर्ष निकालेको छ ।

यसको सम्पूर्ण जिम्मा आयोजकले लिनुपर्ने र आगजनी र तोडफोडमा उत्रिनलेलाई कानूनी कारबाही हुने गृह मन्त्रालयले बताएको छ ।

तिनकुनेमा भएको राजावादीको प्रदर्शनले उग्र रुप लिँदा २ जनाले ज्यान गुमाएका छन् । एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजक र कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको हो । त्यस्तै ठाउँठाउँमा आगजनी र तोडफोड भएका छन् ।

स्थिती निण्न्त्रणमा लिन अहिले जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोटेश्वर, जडिबुटी, गौशाला, पुरानोबानेश्वर, नयाँ बानेश्वर, तिनकुनेदेखि बालकुमारीसम्म कर्फ्यु जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्