Logo
Logo

राजावादीको कुटपिटबाट पत्रकार गौतमको खुट्टा भाँचियो


693
Shares

काठमाडौं । राजावादीहरुले पत्रकार दिनेश गौतममाथि कुटपिट गरेका छन् । शुक्रबार रिपोर्टिङका लागि काठमाडौंको तीनकुने क्षेत्र पुगेका अनलाइनखबर डटकमका पत्रकार गौतममाथि राजावादी प्रदर्शनकारीहरूले कुटपिट गरेका हुन् ।

राजावादी प्रदर्शनकारीले प्रहरीको अश्रुग्यास हान्ने हतियार खोसेर काँधमा बोकेर हिँडेका थिए । पत्रकार गौतमले उक्त फोटो खिचेका थिए । त्यसपछि आफुलाई तिनकुने चौरको डिलमा लगेर लडाएर कुटपिट गरेको गौतमले बताए । राजावादी प्रदर्शनकारीहरूको कुटपिटबाट पत्रकार गौतमको खुट्टा भाँचिएको छ ।

प्रतिक्रिया दिनुहोस्