Logo
Logo

राप्रपा नेताद्वय रविन्द्र मिश्र र धवलशमशेर पक्राउ


1.4k
Shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा सहित ५ जना नेताहरूलाई पक्राउ गरेको छ।

काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शन उग्र रूप लिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको प्रहरी प्रवक्ता डिआइजी दिनेश आचार्यले जानकारी दएि।

पक्राउ पर्नेमा मिश्र, राणा, स्वागत नेपाल, सन्तोष तामाङ र लिम्बु थर गरेका एक जना रहेको डिआइजी आचार्यले बताए।
प्रहरीले राजावादीको कमान्डर भनएिका दुर्गा प्रसाईंको पन खोजी गरिरहेको छ। तर उनी सम्पर्कबिहीन छन्। उनको पन प्रहरीले खोजी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्