Logo
Logo

प्रचण्ड लगाायत समाजवादी मोर्चाका नेताहरुले गरे नेकपा एसको कार्यालय अनुगमन


2.6k
Shares

काठमाडौं । समाजवादी मोर्चाका शीर्ष नेताहरूले नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय अनुगमन गरेका छन् । आज बिहान आलोकनगरस्थित केन्द्रीय कार्यालय पुगेर क्षतिको अनुगमनका गरेका हुन् ।

शुक्रबार व्यवस्था उल्टाउने भन्दै सडकमा उत्रिएका राजवादीहरूको समूहले पार्टी कार्यालयमा तोडफोड गर्नुका साथै लुटपाट र आगजनी गरेका थिए ।

अनुगमनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’, नेसपा अध्यक्ष महिन्द्र राय यादवसहित एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायतका नेताहरू उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्