
काठमाडौं । शुक्रबार तिनकुने क्षेत्रमा राजावादीहरुले गरेको प्रदर्शनका क्रममा तोडफोड र आगजनीमा संलग्न १०५ जना पक्राउ परेका छन् । प्रहरीले अमानवीय, अमर्यादित एवं गैरकानुनी अपराधिक गतिविधिमा संलग्न १०५ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले सुरक्षाकर्मीको बन्दुक खोस्ने पनि पक्राउ परिसकेको जानकारी दिए । तर, उनको नाम भने खुलाइएको छैन ।
राप्रपाका नेताहरू रवीन्द्र मिश्र, धवलशम्शेर राणाका साथै स्वागत नेपाललगायतका राजावादी अभियन्ताहरू शुक्रबार राति नै पक्राउ परेका छन् । राजतन्त्र पुनस्र्थापनाका लागि आन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई घरमै नजरबन्द गरिएको छ । आन्दोलन भड्काउने मुख्य व्यक्ति दुर्गा प्रसाईं भने फरार भएका छन् ।