
काठमाडौं । शुक्रबारको राजावादी प्रदर्शनलाई उत्तेजित बनाउने एक जना धर्मगुरु पनि पक्राउ परेका छन् । शुक्रबार तीनकुनेको हिंसात्मक आन्दोलनमा ढुंगामुढा गर्ने धर्मगुरु पुष्कर खतिवडालाई आज बिहान प्रहरीको विशेष टोलीले इमाडोलबाट पक्राउ गरेको हो ।
आन्दोलनका क्रममा सुरक्षाकर्मीलाई ढुंगा हानेको तथा अन्य प्रदर्शनकारीलाई उक्साएको आरोपमा उनी पक्राउ परेका हुन् ।
प्रहरीमाथि ढुंगा हानेका भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
खतिवडा विवादास्पद धर्मगुरु हुन् । उनी यसअघि भीआईपीको मृत्युको कामना गरेर यज्ञ सञ्चालन गरेपछि पक्राउ परेका थिए ।