Logo
Logo

वरिष्ठ उपाध्यक्ष र महामन्त्री पक्राउ परेपछि राप्रपाले बोलायो बैठक


12.8k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । हिजो राजावादीले गरेको आन्दोलनले उग्र लिएपछि पार्टीको धारणा बनाउन राप्रपाले बैठक बोलाएको हो ।

बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार बैठकले वर्तमान परिस्थितिको समीक्षा र पार्टीको धारणा तय गर्ने छ ।

आन्दोलन हिंसात्मक बनाउन भूमिका खेलेको भन्दै पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशम्सेर जबरा हिजै पक्राउ परेका छन् । दुर्गा प्रसाईको नेतृत्वमा भएको प्रदर्शनले उग्र रुप लिँँदा दुई जनाले ज्यान गुमाए भने लाखौंको क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्