
काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा भएको तोडफोड एवं क्षतिको निरीक्षण गरेका छन् ।
उनले आज बिहान आलोकनगरस्थित केन्द्रीय कार्यालय पुगेर शुक्रबार राजावादीले प्रदर्शनका क्रममा गरेको तोडफोड र आगजनीबाट भएको क्षतिको निरीक्षण गरेका हुन् ।
पार्टी अध्यक्ष माधवकुमार नेपालले क्षतिबारे गृहमन्त्रीलाई जानकारी गराएका थिए । त्यस अवसरमा उनले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे ।
आजै नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका महासचिव नेत्रविक्रम चन्द, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवलगायत समाजवादी मोर्चाका नेताहरूले उक्त पार्टीको कार्यालयमा भएको क्षतिबारे जानकारी लिएका थिए ।