काठमाडौं । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सेवा सुविधा खोस्ने र राहदानी रद्द गर्ने तयारी थालेको छ।
दुर्गा प्रसाईँको नेतृत्वमा शुक्रबार भएको हिंसात्मक प्रदर्शन उनैको नेतृत्वमा भएको र उनी विदेश भाग्ने अंशका भएपछि उनीको राहदानी रद्द गर्ने तयारी भएको हो ।

गृहको उच्च स्रोतले भन्यो– ‘पूर्वराजा ज्ञानेन्द्रकै निर्देशनमा आन्दोलन भएको छ। छानबिनपछि विदेश भाग्ने आशंकाले राहदानी रद्द गर्ने प्रक्रिया अघि बढेको छ ।’
हिंसात्मक घटनामा संलग्नलाई कारबाही गर्न, ज्ञानेन्द्रलाई देशबाहिर जान रोक लगाउन र उनले पाउँदै आएको सुविधा खोस्न मन्त्रीहरूले प्रस्ताव गरेका छन् । शुक्रबार रातिको मन्त्रिपरिषद् बैठकमा हिंसात्मक र आपराधिक गतिविधिबारे गम्भीर छलफल भएको थियो।
पूर्वराजाका समर्थकद्वारा तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनको लागि पूर्वअनुमति लिई भएको प्रदर्शनका क्रममा निषेधित क्षेत्रसमेत तोडी निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक क्षेत्रलगायत यातायातका सवारी साधनमाथि तोडफोड गरेका थिए ।
उक्त घटनामा दुई जनाको मृत्यु भएको थियो । सो घटनामा जम्मा एक सय १० जना घाइते भएका छन् । नेपाल प्रहरीका ५३ जना, सशस्त्र प्रहरी बलका २२ र प्रदर्शनकारीतर्फ ३५ जना घाइते भएका थिए ।
यसैगरी नौ वटा सरकारी सवारी साधन, छ वटा सरकारी वा निजी नखुलेका सवारी साधनमा आगजनी भएको छ । विभिन्न १४ स्थानमा आगजनी भएको, नौ वटा संस्थामा तोडफोड र एक स्थानमा लुटपाट भएको प्रहरीले जनाएको छ ।
प्रदर्शनका क्रममा तोडफोड र आगजनीमा संलग्न १०५ जना पक्राउ परेका छन् ।