
काठमाडौं । वीरगन्जमा एक महिलाको शव फेला परेको छ । वीरगन्ज महानगरपालिका– १६ स्थित इलाका प्रहरी कार्यालय नगवा अगाडि अनसुइया अग्रवाल मृत अवस्थामा भेटिएकी हुन् ।
शनिवार बिहान फेला परेको शव वीरगन्ज वडा नम्बर ४, नर्सिङ क्याम्पस क्षेत्रमा बस्ने अनसुइया अग्रवालको रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ
अग्रवालको मृत्युको कारण हालसम्म स्पष्ट हुन सकेको छैन । प्रारम्भिक अनुसन्धानका क्रममा उनको टाउको छेउमा घाउ देखिएको र घटनास्थलको अवलोकनबाट कुनै जङ्गली जनावरको आक्रमण वा लडेर घाइते भएको हुनसक्ने अनुमान गरिएको छ ।
मृतकको शव परीक्षणका लागि वीरगन्जस्थित नारायणी अस्पताल पठाइएको छ । प्रहरीले घटनास्थलको मुचुल्का उठाएर थप अनुसन्धान सुरु गरेको जनाएको छ ।