
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तीनकुने घटनाको अनुसन्धान गर्न उच्च न्यायिक छानबिन आयोग गठन गर्न माग गरेको छ ।
शनिबार बसेको रास्वपा सचिवालयको आकस्मिक बैठकले घटनामा संलग्नलाई कानुनी दायराभित्र ल्याएर यथोचित कारबाही गर्न सरकारसँग उच्च न्यायिक छानबिन आयोग गठनको माग गरेको हो ।
शुक्रबार राजावादीको आन्दोलनले उग्र रुप लिँदा दुई जनाले ज्यान गुमाएका छन् भने काठमाडौंका विभिन्न क्षेत्रमा सवारी साधनमा आगजनी र तोडफोडका घटना भएका छन् ।