Logo
Logo

काठमाडौं महानगरले तोक्यो पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना (पत्रसहित)


2k
Shares

काठमाडौं । काठमाडौं महानगरले शुक्रबार राजावादीहरुले गरेको प्रदर्शनमा तीनकुने क्षेत्रमा फोहोर गरेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवानासहित सातवटा पत्र काटेको छ ।

महानगरपालिकाले पूर्वराजा शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ । महानगरले शनिबार ज्ञानेन्द्र शाहको नाममा उक्त जरिवानासहितको पत्रहरु काटेको हो ।

शुक्रबार मेडिकल व्यवसायिक दुर्गा प्रसाइँको नेतृत्वमा राजावादीहरुले तीनकुनेमा प्रदर्शन गर्दा तोडफोड र लुटपाट गरेको सबै मूल्यांकन गरेर विभिन्न शीर्षकमा महानगरले जरिवाना तोकेको छ ।

राजावादीहरुको शुक्रबार काठमाडौंमा भएको प्रदर्शन पूर्वराजा शाहकै निर्देशनमा भएको भन्दै महानगरले निर्मल निवासलाई नै पत्र काटेको हो ।

प्रतिक्रिया दिनुहोस्