Logo
Logo

राप्रपाको अपिल- चैत २६ र वैशाख ७ गतेको प्रदर्शनमा उच्च मनोबलसहित जुटौँ


5.8k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी चैत २६ गते र वैशाख ७ गतेको हुने प्रदर्शन तथा आन्दोलनमा उच्च मनोबलसहित तयारीमा जुट्न पार्टी पंक्तिलाई अपिल गरेको छ ।

शनिबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समान विचार भएका दल, समूह, अभियान, धार्मिक संघसंस्था र जनसमुदायलाई अपिल गरेको हो ।

राप्रपाको शनिबार बैठकपछि निर्णयमा भनिएको छ, ‘पूर्वघोषित चैत २६ गते काठमाण्डौंमा हुने बागमती प्रदेशस्तरीय प्रदर्शन र आमसभा तथा बैशाख ७ गते हुने राजधानी केन्द्रीत आन्दोलनको उच्च मनोबलसहित तयारीमा जुट्न पार्टी पंक्ति र समान विचार भएका दल, समूह, अभियान, धार्मिक संघसंस्था र आम जनसमुदायलाई राप्रपा हार्दिक अपिल गर्दछ ।’

त्यस्तै, शुक्रबार काठमाडौंको तीनकुनेमा भएको घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई जबरजस्ती विवादमा ल्याउने र राजनीतिमा तान्ने कार्य गरेको भन्दै निन्दा व्यक्त गरेको छ ।

बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा धवलशमशेर राणालाई २४ घण्टाभित्र रिहा गर्न सरकारलाई अल्टिमेटम दिएको छ । बैठकले तीनकुने केन्द्रित राजावादीको प्रदर्शन हिंसात्मक बन्नुमा सरकारकै दोष रहेको निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्