Logo
Logo

कोटेश्वरको भाटभटेनीमा लुटपाट गर्ने ७ जना पक्राउ


3.5k
Shares

काठमाडौं । शुक्रबार भएको राजावादीहरुको प्रदर्शनमा काटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा लुटपाट गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा नुवाकोट विदुर गाउँपालिका– ६ घर भई हाल कोटेश्वर बस्ने ४३ वर्षीया सुशीला कुमाल, धरान घर भई हाल कोटेश्वर बस्ने ४१ वर्षीया एलिसा राई र कोटेश्वर बस्ने ७० वर्षीया बालकुमारी कार्कीलाई पक्राउ गरिएको प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।

कोटेश्वर वृत्तका अनुसार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– ८ घर भई कोटेश्वर बस्ने ३७ वर्षीया निर्मला कार्की, सिन्धुलीको लामुनटार गाउँपालिका– ७ बस्ने १५ वर्षीया चित्रमाया बस्नेत र सिन्धुलीकै तीनपाटन गाउँपालिका– १६ १७ वर्षीया सुस्मिता बराललगायतलाई कोटेश्वर नरेफाँटबाट पक्राउ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्