काठमाडौं, २६ असार ।
प्रधानसेनापति पूर्णचन्द्र थापा प्रहरी प्रधान कार्यालय पुगेर नवनियुक्त महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बधाई तथा शुभकामना दिएका छन् ।
प्रधानसेनापति थापाले महानिरीक्षक क्षेत्रीलाई सफल कार्यकालका लागि शुभकामना दिएका छन् । यसरी प्रधानसेनापति नै प्रहरी प्रधान कार्यालय पुगेर भेटवार्ता गर्नुलाई दुई संगठनबीच सम्बन्ध थप सुमधुर हुने आँकलन गरिएको छ ।
भेटघाटका अवसरमा प्रधानसेनापति थापा र प्रहरी महानिरीक्षक थापा क्षेत्री बीच दुबै संगठन बीच आपसी हित, सहकार्य र समन्वयका सम्बन्धमा छलफल समेत भएको थियो ।
प्रधानसेनापति थापाले प्रहरी महानिरीक्षक थापा क्षेत्रीलाई अनुभव र ज्ञानको संगालो रहेका पुस्तकहरू र राष्ट्रको सुरक्षाको संकेतको रुपमा रहेको राष्ट्रिय हतियार खुकुरी समेत प्रदान गरे । उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रधानसेनापति थापालाई मायाको चिनो स्वरूप ‘मोमेन्टो’ प्रदान गरेका थिए ।