Logo
Logo

प्रधानमन्त्रीको सम्बोधन, नेकपाभित्रको विवाद छलफलबाटै सुल्झन्छ


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २६ असार ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाभित्र पछिल्लो समय बढेको विवाद आपसी छलफलबाटै सुल्झने बताएका छन् । उनले त्यसका लागि धैर्यता र संयम आवश्यक पर्ने समेत औँल्याएका छन् । राष्ट्रका नाममा शुक्रबार सम्बोधन गर्दै ओलीले पार्टीभित्र हुने छलफल, बहस र विमतिहरू तिनका नितान्त आन्तरिक र कतिपय अवस्थामा नियमित प्रक्रिया भएको बताएका हुन् ।

सम्बोधनमा प्रधानमन्त्री ओलीले भने– अहिले कतिपय राजनीतिक विषय र सन्दर्भहरूप्रति जनताको ध्यान अवश्य तानिएको हुनुपर्दछ । त्यस किसिमको चासो र जिज्ञासा हुनु स्वाभाविकै हो । महामारी र प्राकृतिक विपत्तिको समयमा पनि राजनीतिक बहस किन भन्ने प्रश्नहरू पनि उठ्नु अन्यथा होइन । जुनसुकै राजनीतिक दलभित्र हुने बहस र विवाद आन्तरिक हुन् । त्यसलाई निष्कर्षमा पुरÞ्याउने दायित्व सम्बन्धित राजनीतिक दल र नेताहरूकै हो । पार्टीभित्र हुने यस्ता छलफल, बहस र विमतिहरू तिनका नितान्त आन्तरिक र कतिपय अवस्थामा नियमित प्रक्रिया पनि हुन् । यस्ता विषयहरू सम्बन्धित दल र तिनका नेताहरूले आपसी छलफलबाटै सुल्झाउनेछन् । यसका लागि धैर्यता र संयम आवश्यक हुन्छ ।
सम्बोधनमा उनले उपत्यकामा कोरोना तिव्र भइरहेकाले सतर्कता अपनाउन पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्