Logo
Logo

आइपिएलमा आज मुम्बई र कोलकाता भिड्दै


378
Shares

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज मुम्बई इण्डियन्स र कोलकाता नाइट राइडर्स खेल्दैछन् । मुम्बईको घरेलु मैदान वान्खडे अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार राति ७ः४५ बजे सुरु हुनेछ। दुवै टोलीको यो तेस्रो खेल हो ।

कोलकाता २ खेलमा १ जित र १ हारका साथ अंक तालिकाको छैंटौं स्थानमा छ । रोयल च्यालेन्जर्स बेंगलुरुसँगको पराजित भएको कोलकाताले राजस्थान रोयल्सलाई हराएको थियो ।

मुम्बई दुवै खेलमा पराजित भएको थियो । अंक बिहिन मुम्बई तालिकाको पुछारमा छ । आज घरेलु मैदानमा पहिलो अंक बटुल्ने लक्ष्यमा मुम्बई रहेको छ ।
आइपिएलमा हालसम्म कोलकाता र मुम्बई ३४ पटक आमने सामने भएका छन् । जसमा मुम्बईले २३ र कोलकाताले ११ पटक जितेको छ। वान्खेडेमा मुम्बईले ९ खेल जित्दा कोलकाता मात्र २ खेलमा विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्