Logo
Logo

हिमालय एयरलाइन्सले थाल्यो पोखरा-ल्हासा उडान


315
Shares

काठमाडौं । हिमालय एयरलाइन्सले ल्हासा–पोखरा नियमित उडान सुरु गरेको छ । ‘रुफ अफ द वल्र्ड’ भनेर चिनिने विश्व प्रसिद्ध सहर ल्हासाबाट सोमबार हिमालय एयरलाइन्सको जहााज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

नेपाल र चिनियाँहरुको संयुक्त लगानी रहेको हिमालय एयरलायन्सले काठमाडौं–ल्हासा मात्रै उडान गरिरहेकोमा अब पोखरा–ल्हासा नियमित उडान गर्नेछ । हिमालय एयरलाइनसले विज्ञप्ति जारी गर्दै ल्हासाबाट १०७ यात्रु सवार मिान पोखरा आएको जानकारी दिएको छ ।

अब हरेक हप्ता नियमित उडान हुने एयरलाइन्सले जनाएको छ । सन् २०२३ को जनवरीबाट पोखरा विमानस्थल सञ्चालनमा ल्याए पनि नियमित उडान हुनसकेका थिएनन् । पछिल्लो समय चिनियाँ एयरलाइन्स कम्पनी सिचुवान एयरलाइन्सले चार्टर्ड प्यासेन्जर उडान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्