Logo
Logo

नेपालले हङकङमा हुने टी–२० अन्तर्राष्ट्रिय सिरिज मुख्य प्रशिक्षक विना खेल्ने


1.4k
Shares

काठमाडौं। नेपालले आगामी अप्रिल ९ देखि १३ सम्म हङकङमा आयोजना हुने चारदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ। तर, नेपाल क्रिकेट सङ्घ (क्यान)ले नियुक्त गरेको भनिएको मुख्य प्रशिक्षक स्टुअर्ट ल अझै नेपाल आइपुगेका छैनन्। कानुनी प्रक्रिया पूरा नभएकाले नेपालले यो सिरिज बिना मुख्य प्रशिक्षक खेल्ने भएको छ।

क्यानकाका अनुसार स्टुअर्ट लको श्रम स्वीकृति प्रक्रिया अझै बाँकी छ। स्टुअर्ट ल चाँडै नेपाल आउने तयारीमा रहेको तर, विभिन्न निकायबाट स्वीकृति लिनुपर्ने प्रक्रियामा ढिलाइ भएको क्यानले जनाएको छ । खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्बाट स्वीकृति लिएपछि मात्र उनको नियुक्ति औपचारिक रूपमा पूर्ण हुने क्यानले जनाएको छ । 

सिरिजमा नेपालसहित हङकङ, कतार र कुवेतले सहभागिता जनाउने छन्। नेपालले अप्रिल ९ मा कतारविरुद्ध पहिलो खेल खेल्नेछ। दोस्रो खेल अप्रिल १० मा कुवेतसँग र तेस्रो तथा अन्तिम खेल अप्रिल १२ मा हङकङविरुद्ध हुनेछ। लिग चरणपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् भने तेस्रो र चौथो स्थानका टोलीले तेस्रो स्थानका लागि खेल्नेछन्।

हाल नेपाल ‘ए’ क्रिकेट टिमका प्रशिक्षक तथा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल मुख्य प्रशिक्षकका रूपमा अगाडि आउने सम्भावना छ। यस्तै, पूर्वमुख्य प्रशिक्षक जगत टमाटा र नेपाल ‘ए’ टिमका सहायक प्रशिक्षक कलाम अली पनि वैकल्पिक प्रशिक्षकका रूपमा छन्। यीमध्ये कुनै एक प्रशिक्षकले सिरिजका लागि नेपाली टोलीको नेतृत्व गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्