Logo
Logo

२६७६ अंकमा झर्‍यो सेयर बजार


315
Shares

काठमाडौं । साताको दुई दिन लगातार बढेको सेयर बजार मङ्गलवार भने ओरालो लागेको छ । अघिल्लो दिनको तुलनामा सेयर बजार परिसूचक नेप्से १६.९५ अङ्कले ओरालो लागेको हो । बजार आज ओरालो लागेसँगै २६७६ विन्दुमा पुगेको छ । 

 नेप्सेसँगै आज कारोबार रकम घटेको छ । अघिल्लो दिन ७ अर्ब ५६ करोडको कारोबार भएकोमा आज ५ अर्ब ७९ करोडको भयो । ४२ कम्पनीको मूल्य बढ्दा २०१ को घट्यो । व्यापारबाहेक सबै सेक्टरका सूचक घटेका छन् । विशाल बजार कम्पनीको मूल्य बढ्दा व्यापार सेक्टर ३.८ प्रतिशत बढ्यो ।

बैङ्किङ ०.७४, विकास बैङ्क ०.९५, फाइनान्स १.८४, होटल तथा पर्यटन १.७४, हाइड्रोपावर ०.९९, लगानी ०.४४, जीवन बीमा ०.६३, उत्पादन ०.५२, माइक्रोफाइनान्स १.१०, निर्जीवन बीमा ०.३८ र अन्य समूह १.३९ प्रतिशत ओरालो लागेका छन् । 

गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । त्यस्तै राधि विद्युत्को ४.२८, सयपत्री हाइड्रोको ४.१५, विशाल बजारको ४.०६ प्रतिशत मूल्य उकालो लागेको छ । 

गुराँस लघुवित्तको मूल्य सबैभन्दा धेरै ५.५ प्रतिशत घट्यो । छ्याङ्दी हाइड्रोको ४.३६, उपकार लघुवित्तको ४.०५, दोर्दी हाइड्रोपावरको ३.६ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा  हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी होल्डिङ्स, नेपाल पुनर्बीमा र हिमालयन पावर पार्टनर क्रमशः अगाडि रहे।

प्रतिक्रिया दिनुहोस्