Logo
Logo

आइपिएलमा आज पञ्जाब किंग्स र लखनउ सुपर जायन्ट्स भिड्दै


441
Shares

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज पञ्जाब किंग्स र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ। लखनउको एकना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार बेलुका ७:४५ बजे सुरु हुनेछ। पञ्जाब लगातार दोस्रो जितको खोजीमा छ।

पञ्जाबले आफ्नो पहिलो खेलमा गुजरात टाइटन्सलाई उसकै घरेलु मैदान अहमदाबादमा पराजित गरेको थियो। हाल पञ्जाब २ अंकका साथ अंकतालिकाको पाँचौं स्थानमा छ।

लखनउ भने आज तेस्रो खेल खेल्दैछ। पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग पराजित भएको लखनउले दोस्रो खेलमा सनराइजर्स हैदराबादलाई हराएको थियो।

दुवै टिमबीच हालसम्म ४ पटक प्रतिस्पर्धा भएको छ, जसमा लखनउले ३ खेल जितेको छ भने पञ्जाबले १ खेल जित्न सफल भएको छ।

प्रतिक्रिया दिनुहोस्