काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य अङ्कले उकालो लागेको छ । अघिल्लो दिनको तुलनामा आज बजारको परिसूचक नेप्से ३.३५ अङ्क उकालो लागेको हो । सो अङ्कको वृद्धिपछि नेप्से २७०३ अङ्कमा कायम भएको छ । दिउँसो कारोबारका क्रममा बजार २७३२ अङ्कसम्म पुगे पनि टिक्न सकेन ।

आज कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ५ अर्ब ४४ करोडको कारोबार भएकोमा आज ७ अर्ब ८४ करोडको कारोबार भएको छ । आज कुल ९३ कम्पनीको मूल्य बढ्दा १५१ को भने घटेको छ ।
सबैभन्दा शक्तिशाली सेक्टर बैङ्किङ ०.९६ प्रतिशत (१३ अङ्क) बढेपछि समग्र बजारको वृद्धिदर धनात्मक भएको हो । धेरैजसो सेक्टर घटेका छन् । बैंकिङका अलवा अन्य सेक्टर १.४५, हाइड्रोपावर ०.०३ र निर्जीवन बीमा ०.५९ प्रतिशत बढे ।
व्यापार सेक्टर सबैभन्दा धेरै १.६६ प्रतिशत घट्यो । विकास बैंक ०.१७, फाइनान्स १.५९, होटल तथा पर्यटन ०.१२, लगानी ०.०३, जीवन बीमा ०.६६, उत्पादन ०.९८, माइक्रोफाइनान्स ०.३७ प्रतिशत घटे ।
ग्रीन भेन्चर्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । त्यस्तै सुपरमादीको ६.९५, राधि विद्युतको ४.९०, एनएलजी इन्स्योरेन्सको ४.६३ प्रतिशत बढ्यो ।
उपकार लघुवित्तको मूल्य सबैभन्दा धेरै ७.८ प्रतिशत घट्यो । विन नेपाल लघुवित्तको ६.१ तथा गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ६.१ र बोटलर्स नेपाल बालाजुको मूल्य ५.८ प्रतिशत घट्यो ।