Logo
Logo

तानसेनमा सडक खाना उत्सव


378
Shares

तानसेन । पाल्पा सदरमुकाम तानसेनमा आज बिहीबार सडक खाना महोत्सव भएको छ । 

‘सडकमै खाऊ, सडकमै रमाऊ, स्थानीय खानालाई प्रोत्साहन गरी सरस्वती मन्दिर जीर्णोद्धारमा टेवा पुर्‍याऔँ’ भन्ने नाराका साथ तानसेन– ६ मा भीमसेन टोल खाना महोत्सव आयोजना गरिएको हो । 

भीमसेन टोल विकास संस्था– १ महिला उपसमिति तानसेन ६, पाल्पाको आयोजनामा सडक खाना महोत्सव भएको हो ।  संस्थाका अध्यक्ष पुतलीदेवी शाक्यले स्थानीय एवम् रैथाने खाना, कला, संस्कृति ,प्रवर्द्धन  र संरक्षण गर्ने उद्देश्यले  महोत्सव गरेको जानकारी दिइन्। 

तानसेन– ६ का वडाध्यक्ष सागर मान महर्जनले खाना महोत्सवले स्थानीय खानाका परिकार एवम्  कला संस्कृतिको प्रवर्द्धन गर्न मद्दत पुग्ने बताए । उनका अनुसार  ३० भन्दा बढी स्टलहरू राखिएका छन् ।  

महोत्सवमा महिलाहरूले उत्पादन गरेको कुटीर तथा घरेलु उद्योगबाट बनेका सामग्रीहरू पनि विक्री वितरण तथा प्रदर्शनी गरिएको छ । महोत्सवमा स्थानीय खानेकुराको प्रदर्शनी एवम् बिक्रीसँगै स्थानीय भजन, चुड्कालगायतका स्थानीय कलाकारहरूको विशेष प्रस्तुतिको सांस्कृतिक कार्यक्रम रहेको छ । 

भीमसेन टोल विकास संस्थाका अध्यक्ष प्रकाश नाथ गंगोलले टोल विकास संस्थाका महिलाहरूले सरस्वती मन्दिरको जीर्णोद्धार गर्ने उद्देश्यले खाना महोत्सव गरेको जानकारी दिँदै सहभागी हुन सबैलाई आग्रह गरे। 

तानसेन नगरपालिकाका महिलाहरूलाई उद्यमशील बनाउन, नेवारी र मगरलगायतका खानेकुराहरूको प्रचारका लागि राखेका छन् । 

दिउँसो १ बजेदेखि सुरु भएको महोत्सव रातिसम्म रहनेछ । 

प्रतिक्रिया दिनुहोस्