Logo
Logo

कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंह शिक्षा विधेयकबारे छलफलमा जुटे


1.4k
Shares

काठमाडौं । कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहले शिक्षा विधेयकबारे छलफल थालेका छन् । सिंहदरबारमा गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समितिका सांसदहरूसहितको छलफल जुटेका हुन् ।

शिक्षा समितिमा विधेयकको काम कहाँसम्म पुगेको छ र शिक्षकका मागका विषयमा कार्यबाहक प्रधानमन्त्री सिंहले बुझ्न लागेका हुन् । कार्यबाहक प्रधानमन्त्री सिंहले सम्बन्धित सरोकारवालासँग विधेयकको स्थितिबारे छलफल गरेपछि आन्दोलनरत शिक्षकसँग वार्ता गर्ने तयारी गरिरहेका छन् । 

शिक्षा समितिले उपसमिति बनाएर विधेयकको काम अगाडि बढाएको छ । तर, विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरू काठमाडौंमा आन्दोलन गरिहरेका छन् । 

प्रतिक्रिया दिनुहोस्