काठमाडौं । सुमति वज्राचार्यद्वारा लिखित पुस्तक ‘स्तूप र चैत्य’ पुनः परिमार्जनसहित फेरि प्रकाशित भएको छ ।
यो पुस्तकले काठमाडौं उपत्यकाका प्राचीन चैत्य तथा स्तूपहरूको ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वमाथि विस्तृत अध्ययन प्रस्तुत गरेको छ ।

यो पुस्तकको पहिलो संस्करण १७ वर्षअघि प्रकाशित भएको थियो । पुस्तकको खेन्पो ग्युर्मे छुल्ठ्रि डा. गौतमवीर वज्राचार्य र लेखक वज्राचार्यले संयुक्तरुपमा विमोचन गरेका थिए ।
विगतमा पनि पुस्तकमा समावेश जानकारी र अनुसन्धानको उच्च प्रशंसा भएको थियो । पुस्तकको लोकप्रियता र यसले पुरातन सम्पदाको संरक्षणमा पुर्याएको योगदानको कारणले पुनः प्रकाशनको आवश्यकता महशुस गर्दै मुगुम पब्लिकेसन प्रा.लि.ले यो पुस्तकलाई फेरि पाठकमाझ ल्याएको हो ।

नयाँ संस्करणमा पुरातात्विक अनुसन्धानका पछिल्ला तथ्य, केही नयाँ फोटोग्राफहरू र कतिपय जानकारी परिमार्जन गरी समावेश गरिएको छ ।
पुस्तकले काठमाडौंका प्राचीन चैत्य तथा स्तूपहरूको अध्ययनमा थप सघाउ पुर्याउने विश्वास मुगुम पब्लिकेसनले लिएको छ ।
पुस्तकको पुनः प्रकाशनले काठमाडौँको बौद्ध सांस्कृतिक र पुरातात्विक सम्पदाहरुको अध्ययनमा चासो राख्ने अनुसन्धानकर्ताहरू, विद्यार्थीहरू र आम पाठकहरूलाई महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।