Logo
Logo

कञ्चनपुरका किसानलाई अनुदानमा ‘मिनी टिलर’


189
Shares

काठमाडौं । कञ्चनपूर जिल्ला शुक्लाफाँटा नगरपालिका–१० का चैते धान खेती गर्ने ६ जना किसानलाई ५० प्रतिशत अनुदानमा मिनी टिलर उपलब्ध गराइएको छ।

कृषि ज्ञान केन्द्रको चैतेधान प्रवर्द्धन कार्यक्रमअन्तर्गत धुरवतारा सामुदायिक विकास कृषि सहकारी संस्थामा आबद्ध किसानलाई मिनी टिलर उपलब्ध गराइएको हो।

असी हजार पर्ने मिनी टिलर किसानलाई आधा मूल्यमा उपलब्ध गराएको सहकारीका प्रबन्धक ललिता पन्तले जानकारी दिए । ६ वटा मिनी टिलरसँगै तीन वटा पाइडल इलेक्ट्रिक धान थ्रेसर र सिँचाइका लागि एक वटा बोरिङ ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गारइएको छ ।

योसँगै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत प्राप्त एक वटा मिनी टिलर पनि ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराइएको छ । चैतेधान प्रवर्द्धन कार्यक्रमअन्तर्गत कृषि ज्ञान केन्द्रले यान्त्रीकरणमा अनुदान उपलब्ध गराउन र चैते धानखेतीका लागि सहकारीलाई सात लाख १९ हजार प्रदान गरिएको गरिएको छ । सहकारीमा आबद्ध किसानले चालु आर्थिक ६ बिघामा चैतेधान रोप्न बेर्ना तयार गरेका छन्। 

प्रतिक्रिया दिनुहोस्