Logo
Logo

कृषि विकासले बैंकले माग्यो ११८ जना कर्मचारी


756
Shares

काठमाडौं । कृषि विकास बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकको जनशक्ति व्यवस्थापन विभागले एक सूचना जारी गर्दै विभिन्न पदको लागि ११८ जना कर्मचारी माग गरेको हो ।

बैंकले आठौँ तहको शाखा अधिकृत १, छैटौँ तहको व्यवसाय अधिकृत ४८, छैटौँ तहकै एमआईएस अधिकृत ३, छैटौँ तहकै कानुन अधिकृत १, छैटौँ तहकै कम्प्युटर अधिकृत १, छैटौँ तहकै कर्जा अधिकृत ५ र चौथो तहको लेखापाल ५९ जना माग गरेको हो ।

यी पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजबाटै अनलाइन माध्यमबाट फारम भर्न सकिने बैंकले जनाएको छ ।

हेर्नुस् सूचना:

प्रतिक्रिया दिनुहोस्