Logo
Logo

आज कार्यवाहक प्रधानमन्त्री र आन्दोलनरत शिक्षकका प्रतिनिधिबीच वार्ता हुने


945
Shares

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आन्दोलनरत शिक्षक महासंघको प्रतिनिधिसँग छलफल गर्ने भएका छन् । महासंघका पदाधिकारीसँग सिंहले आज दिउँसो ३ बजे सिंहदरबारमा छलफल गर्ने भएका हुन् ।

बिहीबार पनि कार्यवाहक प्रधानमन्त्रीको अध्यक्षतामा सरकारी सरोकारवाला पक्षबीच छलफल भएको थियो । त्यसलगत्तै सरकारी टोलीले महासंघलाई बोलाएको हो । आज हुने छलफलमा गृहमन्त्री, मुख्य सचेतक, प्रमुख सचेतक पनि सहभागी हुनेछन् ।

यतथा कार्यवाहक प्रधानमन्त्री सहितको वार्तामा सहभागी हुने या नहुने भन्ने महाासंघले निर्णय लिइसकेको छैन । शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरबाट शिक्षकहरू काठमाडौ आएका छन् । २० चैतदेखि उनीहरूले काठमाडौमा प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्