
झाङ । बझाङको छविसपाथिभेरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जय कुमार यादवमाथि कुटपिट भएको छ ।
हालै कार्यकारीको रूपमा पालिकामा नियुक्त भएका यादवमाथि बिहीबार छबिसपाथिभेरा गाउँपालिका–२ का मुकेश ऐडीले कार्यकक्षमै पुगेर कुटपिट गरेका हुन् ।
कुटपिटबाट घाइते भएका यादवको जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको छ । जीप चालक ऐडीले पालिकाले आफ्नो जीप प्रयोग गरी भुक्तानी नदिएको भन्दै आक्रोश व्यक्त गर्दै कुटपिट गरेको बताइएको छ ।
घटनापछि फरार ऐडीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षण सूचना अधिकारी लोकेन्द्र ठगुन्नाले बताए । प्रयोग गरिएको जीप भाडाको बजेट अभावले रोकिएको र रकमान्तर गरेर भुक्तानी गरिने पालिकाले जनाएको छ ।