काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी र सङ्गठित अपराधसम्बन्धी कसुरमा जिल्ला अदालतले दिएको आदेश खारेजीको माग गर्दै रास्वपा सभापति रवि लामिछाने र छविलाल जोशीले उच्च अदालतमा दर्ता गरेको रिटमा सुनुवाइ सकिएको छ ।

जिल्ला अदालतले दिएको आदेशविरुद्ध उनीहरूले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पुनरावेदन निवेदन दिएका थिए । उक्त रिटमा शुक्रवार बहस सकिएको अदालतकी वैतानिक वकिल कपिला शर्माले जानकारी दिइन् ।