Logo
Logo

अमेरिकामा सयौँ विदेशी विद्यार्थीको भिसा अचानक रद्द


0
Shares

काठमाडौं । अमेरिकामा अध्ययनरत सयौँ विदेशी विद्यार्थीहरूको एफ–१ (विद्यार्थी) भिसा अचानक रद्द गरिएको छ। अमेरिकी विदेश मन्त्रालयले मार्चको अन्तिम सातामा सम्बन्धित विद्यार्थीहरूलाई इमेल पठाउँदै तुरुन्त अमेरिका छोड्न निर्देशन दिएको हो।

रिपोर्टका अनुसार, विश्वविद्यालय क्याम्पसमा भएको आन्दोलनमा संलग्न वा सामाजिक सञ्जालमा इजरायल विरोधी पोस्ट, लाइक वा कमेन्ट गर्ने विद्यार्थीहरूलाई लक्षित गरी भिसा रद्द गरिएको हो।

‘क्याच एण्ड रिभोक’ नामक एआई प्रविधिबाट विद्यार्थीहरूको गतिविधि ट्र्याक गरिएको बताइएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोका अनुसार ३०० भन्दा बढी विद्यार्थीको भिसा रद्द भइसकेको छ । 

हार्वर्ड, येल, कोलम्बिया, क्यालिफोर्निया र मिशिगन विश्वविद्यालयका विद्यार्थीहरूले यस्तो इमेल पाएका छन्। भिसा इमिग्रेशन एन्ड नेसनालिटी एक्टको धारा २२१(आई) अन्तर्गत रद्द गरिएको हो। इमेलमा तुरुन्त अमेरिका नछाडे हिरासतमा लिइने र यात्रा प्रतिबन्ध लाग्ने चेतावनी दिइएको छ। 

प्रतिक्रिया दिनुहोस्