Logo
Logo

चिनले अमेरिकी सामानमा ३४ प्रतिशत कर लगाउने


945
Shares

काठमाडौं । चिनियाँ सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि लगाएको ३४ प्रतिशत भन्सार करको जवाफमा अमेरिकी समानमा ३४ प्रतिशत नै भन्सार कर लगाउने घोषणा गरेको छ । चीनको अर्थ मन्त्रालयले शुक्रबार यो निर्णय सार्वजनिक गरेको हो।

योसँगै, चीनले ११ अमेरिकी कम्पनीहरूलाई ‘अविश्वसनीय संस्था’ को सूचीमा पनि राखेको छ। यो निर्णयले ती कम्पनीहरूलाई चीनभित्र व्यापार गर्न र चिनियाँ कम्पनीहरूसँग कारोबार गर्न प्रतिबन्ध लगाउनेछ।

चीनले दुर्लभ खनिज निर्यातमा कडा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। यी खनिजहरू इलेक्ट्रिक कारदेखि स्मार्ट बमसम्म विभिन्न प्रविधिहरूमा प्रयोग हुने गर्छन् र तिनीहरूको उत्पादन लगभग पूणरुपमा चीनमै सीमित छ।

चिनले अमेरिकी कृषि उत्पादकहरूबाट कुखुरा आयात पनि रोक लगाउने निर्णय गरेको छ। यी घोषणाहरू चीनका तीन छुट्टाछुट्टै सरकारी निकायहरूले जारी गरेका हुन्। यसले ट्रम्पले सुरू गरेको व्यापार युद्धमा चीन कुनै पनि हालतमा पछाडि हट्न तयार छैन भन्ने संकेत गरेको छ ।

यस्तै, क्यानडाले बिहीबार अमेरिकी गाडीहरूमा २५ प्रतिशत भन्सार कर लगाउने घोषणा गरेको हो । यसैबीच, फ्रान्सले अमेरिकामा सबै लगानी रोक्ने निर्णय गरेको छ। फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंले ट्रम्पलाई युरोपेली युनियनमाथिको २० प्रतिशत भन्सार कर हटाउन दबाब दिएका छन्।

प्रतिक्रिया दिनुहोस्