काठमाडौंँ । Samsung Nepal ले आफ्नो लोकप्रिय M Series मा नयाँ स्मार्टफोन Galaxy M16 5G सार्वजनिक गरेको छ, जुन उत्कृष्ट स्टाइल, इनोभेसन र पर्फमेन्सको शक्तिशाली संयोजन हो।

6.7 इन्चको FHD+ Super AMOLED डिस्प्ले सहितको यो फोनमा vibrant colors र clarity पाइन्छ। Adaptive high brightness ले outdoor मा पनि सजिलै content हेर्न मिल्छ । Gen Z र millennials का लागि एकदमै उपयुक्त मानिन्छ ।
स्लिम 7.9mm body, trendy linear क्यामेरा मोड्युल र आकर्षक Blush Pink, Mint Green, र Thunder Black रङहरूले यो फोनलाई अझ स्टाइलिस बनाएको छ। MediaTek Dimensity 6300 प्रोसेसरले मल्टिटास्किङमा speed र efficiency प्रदान गर्छ। फोनमा 6GB RAM र 128GB स्टोरेजको रहेको छ ।
मोबाइलले 50MP को मुख्य क्यामेरा, 5MP अल्ट्रा-वाइड, 2MP म्याक्रो र 13MP फ्रन्ट क्यामेराले प्रो-जस्तै फोटो र सेल्फी दिनेछ।
5000mAh battery र 25W को फास्ट चार्जिङले लामो समयसम्म गेमिंग, ब्राउजिङ र भिडियो हेर्न मिल्छ। Samsung Knox Vault सुरक्षा प्रणाली, Voice Focus जस्ता विशेषता, साथै ६ वर्षको OS र सुरक्षा अपडेटको वाचा – दीर्घकालीन सुरक्षित अनुभवको ग्यारेन्टी रहको छ ।
Galaxy M16 5G को मूल्य NPR २६,९९९मात्र रहेको छ । Hulas Finserve को Samsung InstaFinance अन्तर्गत मात्र नागरिकताका आधारमा NPR १३५०/महिना EMI मा किन्न सकिन्छ। साथै, पुराना फोन साटेर SabkoPhone वा ArkoStore बाट नयाँ फोन पनि किन्न सकिन्छ।