Logo
Logo

छविसँगै रवि पनि जेल बस्ने


2.6k
Shares

काठमाडौँ । गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीलाई सहकारी ठगी प्रकरणमा थुनामा पठाउने रुपन्देही जिल्ला अदालतको आदेश सदर भएको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रवार उनलाई थुनामा पठाउने जिल्लाको आदेश सदर गरेको हो ।

तर, रास्वपाका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने जिल्लाको आदेश भने बदर भएको छ । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले यस्तो आदेश गरेसँगै अब रवि पुर्पक्षका लागि जेल चलान हुने भएका छन् । 

जिल्लाको आदेशविरुद्ध रविले जिल्लाको आदेश बदरको माग गर्दै र छविले धरौटीमा रिहाइ गर्न माग गर्दै उच्चमा पुनरावेदन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्