काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउने अदालतले आदेश गरेसँगै पार्टीका नेताहरू छलफलमा जुटेका छन् । अहिले काठमाडौंमा रहेका नेताहरू छलफलमा जुटेका हुन् । अबको रणनीतिबारे योजना बनाउने गरी नेताहरू छलफलमा जुटेका हुन् ।

रास्वपाले भोलि चितवनमा जनयात्रा शुभारम्भ कार्यक्रम आयोजना गरेको थियो । उक्त सभालाई सम्बोधन गर्दै धेरै कुरा भन्ने लामिछानेले बताएका थिए । उच्च अदालत तुलसीपुरको बुटबल इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश जारी गरेको हो ।
न्यायाधीशहरू रमेश ढकाल र स्विकृती पराजुलीको इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उनलाई थुनामा पठाउन भनेको हो ।