Logo
Logo

बस पल्टिँदा बीस यात्रु घाइते, चारको अवस्था गम्भीर


630
Shares

तनहुँ। जिल्लाको डुम्रे–बेँसीसहर सडकखण्डमा आज बस पल्टिँदा २० जना यात्रु भएका छन् । डुम्रे बजारदेखि लमजुङ बेँसीसरहतर्फ जाँदै गरेको ग१ख ६४९८ नम्बरको बस भानु नगरपालिका–१ मोहरिया अनियन्त्रित भई पल्टिएको हो । 

प्रहरीका अनुसार घाइते भएकामध्ये चार जनाको अवस्था गम्भीर रहेका  छन् । उनीहरूको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य बाँकी सोह्र जनाको डुम्रेस्थित लक्ष्मी अस्पताल र मोती मेडिकलमा उपचार भइरहेको छ । घटनापछि चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । 

“गाडी साहु र चालकको खोजी भइरहेको छ”, उनले भने , “कालिका बस व्यवसायी समितिबाट सञ्चालित बस भएको पुष्टि भएको छ ।” 

प्रतिक्रिया दिनुहोस्