Logo
Logo
रवि पक्राउ प्रकरण

बेडरूमभित्रै पसेर पूर्जी लेखिएकोमा रास्वपाको भर्त्सना

फेरि डिपी अर्याललाई तोकियो कार्यवाहक सभापति


1.8k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई पक्राउ पुर्जीविनै प्रहरी पक्राउ गर्न गएको बताएको छ । उच्च अदालतको आदेशपछि शुक्रबार राति लामिछानेको घरमा पुगेको प्रहरी टोलीले बेडरुममै पुगेर पक्राउ पुर्जी लेखेको भन्दै रास्वपाले भत्र्सना गरेको छ ।

सभापति लामिछाने पक्राउ परेपछि शुक्रबार राति भर्चुअल रुपमा बसेको केन्द्रीय सचिवालयको बैठकले यो विधिको शासनमा क्षम्य हुन नसक्ने निष्कर्ष निकालेको छ । बैठकले नागरिकको घरभित्र छिरेर कानुनी कागजात बनाउनु गैरसंवेदनशील र गैरकानुनी भएको बताउँदै भत्सर्ना गरेको हो ।

साथै, उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशविरुद्ध न्यायका लागि अर्को तहमा जाने निर्णय गरेको छ । पक्राउ पर्नुअघि नै रविले न्यायका सबै ढोका ढकढक्याउने बताएका थिए ।

शुक्रबार बसेको बैठकले डीपी अर्याललाई दिइएको कार्यवहाक सभापतिको जिम्मेवारी कअनुमोदन गरेको छ । शुक्रबार राति पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौंकै हिरासतमा राखिएका लामिछानेलाई आज विमानबाट भैरहवा लगिंदै छ ।

प्रतिक्रिया दिनुहोस्