Logo
Logo

रविलाई जहाजमार्फत पठाइयो भैरहवा


1.2k
Shares

काठमाडौं । शुक्रबार बेलुका बूढानीलकण्ठस्थित घरबाटै पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भैरहवा पठाइएको छ ।

गएराति लामिछानेलाई जिल्ला प्रहरी परिसर, काठमाडौको हिरासतमा राखिएको थियो । आज बिहान उनलाई जहाजमार्फत भैरहवा पठाइएको परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए । रविाई यती एयरलाइन्सको जहाजबाट भैरहवा पठाइएको छ । लामिछानेलाई रूपन्देही प्रहरी कार्यालय पु¥याइने छ । त्यसपछि बाँकी प्रक्रिया पूरा गरी थुनामा पठाइनेछ ।

बुटवलको सुप्रिम सहकारीको बचत अपचलन र संगठित अपराध मुद्दामा लामिछानेलाई शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा पठाउन आदेश गरेको थियो । जिल्ला अदालत रूपन्देहीले यसअघि एक करोड धरौटीमा छाड्ने आदेश बदर गरी साधारण तारेखमा छाड्न माग गर्दै लामिछानेले उच्च अदालतमा पुनरावेदन दिएका थिए ।

शुक्रबार उच्चका न्यायाधीशद्वय रमेश ढकाल र स्विकृती पराजुलीको इजलासले जिल्लाको आदेश उल्ट्याएर लामिछानेलाई थुनामा पठाएर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो । अदालतको आदेशसँगै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त महाराजगन्जको टोलीले शुक्रबार लामिछानेलाई घरबाटै पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्