Logo
Logo

रविलाई सोमबारमात्रै अदालत उपस्थित गराइने


945
Shares

बुटवल । बुटवलको सुप्रिम सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भैरहवा ल्याइएको छ । शुक्रबार राति काठमाडौंको बुढानीलकण्ठस्थित निवासबाट पक्राउ परेका लामिछानेलाई यती एयरलाइन्सको विमानमार्फत बिहान ९.१२ बजे लाछिानेलाई गौतमबुद्ध विमानस्थलमा ल्याइपु¥याइएको हो ।

अदालतमा उपस्थित गराउनुपर्ने भएकोले सार्वजनिक बिदापश्चात सोमबार लामिछानेलाई अदालतमा पेश गरेर कारागार पठाइने रुपन्देहीका एसपी रंजितसिंह राठौरले बताए। आज र भोलि सार्वजनिक बिदा रहेकोले त्यस अवधिसम्म उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिनेछ।

शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।

न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले सो आदेश गरेका हुन् । जिल्ला अदालत रुपन्देहीले उनलाई एक करोड धरौटीमा छाड्ने आदेश बदर भएको छ । उच्चको आदेशसँगै शुक्रबार राति लामिछाने पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्