Logo
Logo

मोदीसँगको भेट फलदायी भयो : प्रधानमन्त्री


819
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्यान्ड भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेट फलदायी रहेको बताएका छन् । शनिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आयोजित पत्रकार सम्मेलनमा भेटबाट मोदीसमेत खुसी रहेको आफूले पाएको बताएका हुन् ।

उनले भने, ‘भेट अत्यन्त राम्रो र सुमधुर वातावरणमा मित्रता र हार्दिकताका साथ भयो ।’ उनले गत सेप्टेम्बरमा दुई नेताबिच पनि राम्रै कुराकानी भएको र बाहिर हल्ला गरेजस्तो कुनै समस्या नभएको स्पष्ट पारे । ‘नराम्रो केलाई भन्ने ? हामीले कुराकानी गर्‍यौँ, निकै फ्रेन्डली नै भएको थियो ।’

उनले यस पटक अझ व्यापक छलफल भएको चाहिँ स्वीकार गरे । ‘पारस्परिक लगानी, व्यापार, पञ्चेश्वरलगायतका विषयहरू, दोधारा चाँदनीबाट सिचाइलगायतका कुराहरूमा छलफल भए । दुई पक्षीय पारस्परिक हितका विषयमा पनि कुराकानीहरू भए ।यी व्यापक क्षेत्रमा कुराकानी भएका छन् ।’

प्रधानमन्त्री ओलीले आफूहरूले नेपाल भारत सम्बन्ध सम्बन्धलाई अझै विस्तृत, व्यापक र सुदृढ गर्दै लाने अठोट गरेको पनि सुनाए । त्यस्तै दुई छिमेकीबिच कुनै पनि सानातिना समस्या देखिए एक आपसमा संवाद गरिहाल्ने र टुङ्ग्याउने भन्ने गहिरो समझदारी गरेको  बताए ।

उनले भने, ‘यो भेटघाटबाट फलदायी रह्यो म खुसी छु । उहाँको कुराकानीबाट उहाँ पनि खुसी हुनुहुन्छ भन्ने पाएको छु ।’

प्रतिक्रिया दिनुहोस्