Logo
Logo

भारतीय प्रधानमन्त्री मोदी सगरमाथा संवादमा सहभागी नहुने


1.4k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यसपालि सगरमाथा संवादमा सहभागी नहुने बताएका छन् ।

शनिवार थाइल्यान्ड भ्रमण सम्पन्न गरी स्वदेश फर्किएपछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले उक्त जानकारी सार्वजनिक गरेका हुन्।

उनले भर्खरै बैंककमा सम्पन्न भेटवार्ताका क्रममा मोदीलाई संवादमा सहभागी हुन निमन्त्रणा दिएको तर मोदीले यस पटक आउन नसक्ने जानकारी गराएको बताए।

“यसपल्ट सगरमाथा संवादमा मोदीजी आउन भ्याउनुहुन्न,” ओलीले भने, “उहाँको पहिल्यै युरोप भ्रमणको कार्यक्रम तय भइसकेको रहेछ। त्यसैले उहाँ आउन सक्नुहुन्न, तर भारतबाट उच्चस्तरीय सहभागिता रहनेछ।”

प्रतिक्रिया दिनुहोस्