Logo
Logo

सेतो मछिन्द्रनाथको रथयात्रा सुरु


441
Shares

काठमाडौं । आजबाट सेतो मछिन्द्रनाथको रथयात्रा सुरु भएको छ । मछिन्द्र बहालदेखि सुरु भएको रथयात्रा तीनधारा पाठशाला, जमल, रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म पुगेको छ ।

सेतो मच्छिन्द्रनाथको रथयात्रा वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मूर्तिको रथयात्रा गरी मनाइने जात्रा हो । काठमाडौं उपत्यकाका बासिन्दालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने प्रचलन रही आएको छ । 

सेतो मच्छिन्द्रनाथको रथ मच्छिन्द्र बहालदेखि तीनधारा पाठशाला, जमल, रत्नपार्क, भोटाहिटी हुँदै असन, बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोका, चिंकमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगनसम्म लगिन्छ । अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीन पटक परिक्रमा गराउने प्रचलन छ ।

मच्छिन्द्रनाथलाई सिद्ध योगी मानिन्छ जसले योगबलद्वारा विभिन्न चमत्कार देखाएका थिए। नाथ सम्प्रदायमा उनी अत्यन्त आदरणीय गुरु हुन्। भक्तपुरको परम्परागत समाजमा छिन्द्रनाथको आगमन र साधनालाई अत्यन्त ठूलो सम्मानका साथ स्मरण गरिन्छ।

प्रतिक्रिया दिनुहोस्