Logo
Logo

अफगानिस्तानसँग नेपाल १ रनले पराजित


504
Shares

काठमाडौं । यू–१९ एकदिवसीयमा अफगानिस्तान र नेपालबीच भएको खेलमा नेपाल १ रनले पराजित भएको छ । अफगानिस्तान यू–१९ ले पहिले ब्याटिङ गर्दै ५० ओभरमा १६८ रन बनाएको थियो । जवाफमा नेपाल यू–१९ टोली ४९.३ ओभरमा १६७ रनमा समेटियो ।

अफगानिस्तानको सुरुवात कमजोर रह्यो । तर कप्तान महबुब खानले ११४ बलमा संयमित ५८ रन बनाएर टिमलाई प्रतिस्पर्धात्मक योगफलमा पुर्‍याए ।

नेपालका लागि सन्तोष यादवले उत्कृष्ट प्रदर्शन गर्दै १० ओभरमा २३ रन खर्चिएर ३ विकेट लिए । सिव्रिन श्रेष्ठ र बिपिन शर्मा दुई–दुई विकेट लिन सफल भए ।

१६९ रनको लक्ष्य पछ्याउँदै नेपालका लागि सहिल पटेलले सर्वाधिक ६४ रन बनाए । उनले ११९ बलको सामना गर्दै ६ चौका हाने।

तर अन्य ब्याट्सम्यानले नियमित विकेट गुमाउँदा नेपाल अन्तिम ओभरमै पराजित भयो। अभिषेक तिवारीले २४ रन, धु्रव सोनारले २१ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन । नेपाललाई अन्तिम ६ बलमा २ रन आवश्यक थियो ।

प्रतिक्रिया दिनुहोस्