काठमाडौं । काठमाडौंको वायु प्रदूषण केही दिनयता लगातार उच्च रहेको छ । चारदिन वितिसक्दा पनि काठमाडौंको वायु प्रदुषण घटेको छैन । सोमबार पनि काठमाडौंको वायु प्रदूषण उच्च रहेको छ ।

आईक्यू एयरको बिहान साढे ७ बजेको मापनअनुसार काठमाडौँ विश्वकै प्रदूषित सहरको दोस्रो स्थानमा रहेको छ । आज हावाको गुणस्तर २३० एक्यूआई रहेको छ । यसलाई अस्वस्थकर मानिन्छ ।
हावामा पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा ३१ गुणा बढी रहेको छ । हाल भारतको राजधानी नयाँ दिल्ली विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ ।
तेस्रो स्थानमा पाकिस्तानको लाहोर सहर रहेको छ । त्यसपछि शीर्ष १० स्थानमा क्रमशः भियतनामको हानोई, चीनको बेइजिङ तथा ग्वानझाओ, म्यानमारको यङगुन, चीनको सांघाई, भारतको मुम्बई र चीनको वुहान रहेको छ ।