Logo
Logo

हङकङमा टी-२०आई खेल्न जाने नेपाली टोलीको बिदाइ


1.2k
Shares

काठमाडौं । यसै सातादेखि हङकङमा सुरु हुने टी-२०आई प्रतियोगिता खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच टोलीको बिदाइ गरिएको हो ।

कप्तान रोहित पौडेलले तयारी राम्रो भइरहेको उल्लेख गर्दै सक्दो राम्रो खेलेर जितेर फर्कने बताए । ‘अहिले टिमको रूपमा निकै सन्तुलित छ जस्तो लाग्छ, केहीले कम्ब्याक पनि गर्नुभएको छ, विश्वकपका लागि राम्रो तयारी हुन्छ, राम्रो खेल्ने छौँ,’ रोहितले भने ।

त्यस्तै यस शृंखलाका लागि नेपालको प्रशिक्षक रहेका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अभ्यास राम्रो भएको र आगामी महत्त्वपूर्ण खेलका लागि राम्रो तयारी हुने बताए ।

आयोजक हङकङसहित नेपाल, कुवेत र कतार सहभागी हुने यस प्रतियोगितामा सबै टोलीले एकअर्कासँग १–१ खेल खेलेपछि चार टिममध्ये शीर्ष २ टोली फाइनल खेल्नेछन् ।

टोलीमा कप्तान रोहितसँगै दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ सेख, सोमपाल कामी, ललित राजवंशी, कुशल मल्ल, करण के।सी, बसिर अहमद, साहब आलम, नन्दन यादव, रिजन ढकाल, गुलशन कुमार झा र लोकेश बम छन् ।

प्रतिक्रिया दिनुहोस्