Logo
Logo

नेप्सेमा भारी गिरावट 


378
Shares

काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ३३.३३ अङ्कले ओरालो लागेको छ । बजार आज ओरालो लागेसँगै २६७० कायम भएको छ ।

सोमबार कुल २३ कम्पनीको मूल्य बढ्दा २२१ को घट्यो । बजार सोमबार दोहोरो अङ्कले ओरालो लागेको हो। अघिल्लो दिन ७ अर्ब ८४ करोडको कारोबार भएकोमा आज ५ अर्ब ६५ करोड मात्रै कारोबार भएको छ ।

सबै सेक्टरका सूचक घटेका छन् । व्यापार सबैभन्दा धेरै ३.१ प्रतिशत घट्यो । बैङ्किङ ०.९७, विकास बैङ्क १.११, होटल तथा पर्यटन १.३५, फाइनान्स २.२६, हाइड्रोपावर १.३७, लगानी १।६९, जीवन बीमा ०.८३, उत्पादन १.४२, माइक्रोफाइनान्स १.०३, निर्जीवन बीमा १.२२ र अन्य ०.४४ प्रतिशत घटे ।

बलेफी हाइड्रोपावर कम्पनीको मूल्य सबैभन्दा धेरै ७.४६ प्रतिशत बढ्यो । त्यस्तै बुटवल पावरको ६.६३, सिन्धु विकास बैंकको ६.।४४ तथा उन्नति सहकार्य लघुवित्तको ६.११ प्रतिशत बढ्यो ।

अपरहेवाखोलाको मूल्य सबैभन्दा धेरे ९ प्रतिशत घट्यो । हिमालयन पावर पार्टनरको ४.३२, समृद्धि फाइनान्सको ४.०१, प्रतिशत घट्यो ।

हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा, राधि विद्युत् र हिमालयन पावर पार्टर कारोबारका आधारमा अघि रहे ।

प्रतिक्रिया दिनुहोस्