Logo
Logo

तीनकुनेमा उद्दण्डता मच्चाउनेलाई कारबाही गर्न नेकपा एस रुपन्देहीको माग 


567
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी, रुपन्देहीले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

गत चैत १५ गते समाजवादी मोर्चाले काठमाडौँको भृकुटी मण्डपमा बृहत् जनप्रदर्शन गरेको थियो । त्यही दिन राजावादीहरूले गरेको आन्दोलन हिंसात्मक बनको थियो । त्यसैले आगजनी, तोडफोड र लुटपाट गर्नेहरूलाई कारबाहीका माग गर्दै  ज्ञापन पत्र बुझाएको  नेकपा एकीकृत समाजवादी रुपन्देहीका अध्यक्ष हिराध्वज शाहले बताए ।

उनले भने, ‘समाजवादी मोर्चाको कार्यक्रमलाई असफल पार्ने कुतसित मनसायले कथित राजावादी, प्रतिगामी, धार्मिक अतिवादी तथा दक्षिणपन्थी शक्तिले सोही दिन योजनाबद्ध रूपमा कार्यक्रम जुधाई तीनकुनेमा उद्दण्डता मच्चाए ।  गणतन्त्र स्थापनाका लागि हाम्रो पार्टीले खेलेको भूमिकाबाट विचलित रहँदै आएका तत्त्वहरूले आलोकनगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा  योजनाबद्ध आक्रमण, तोडफोड, लुटपाट र आगजनी गरे । उक्त दिन त्यो अराजक भिडले तीनकुने, कोटेश्वर, वालकुमारी र जडीबुटी क्षेत्रमा जनताको निजी घर सम्पत्ति, पसल, सुपर मार्केट, कार्यस्थल, राष्ट्रिय औद्योगिक प्रतिष्ठान, सञ्चार माध्यमका कार्यालय, सवारी साधन, निजी तथा सरकारी यातायातका साधनहरू तोडफोड गर्ने तथा जलाए । पत्रकारलाई ज्यूँदै जलाउने काम भयो । ती  मतियारहरूलाई कानुन बमोजिम कारबाही गर्न माग गरेका छौँ ।’

सोमवार पार्टीले देशभरका जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ध्यानाकर्षण पत्र पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्