काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धरानका नागरिकलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया सुरु भएको जानकारी दिएका छन्।

सोमबार सिंहदरबारमा भएको भेटमा, प्रधानमन्त्री ओलीले धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) सहितको प्रतिनिधिमण्डललाई जानकारी गराउँदै भने, ‘धरानका जनताले खानेपानी पाउनुपर्छ। यो प्रक्रिया आजबाट सुरु भएको छ। यसको लागि सङ्घीय सरकारले बजेटको व्यवस्थापन र अन्य आवश्यक सहयोग गर्नेछ। प्रकृपया यस सन्देशलाई धरानबासीलाई सुनाइदिनुहोस्।’
खानेपानी परियोजनाका लागि सङ्घीय सरकारले पहिले नै विस्तृत परियोजना प्रतिवेदन तयार गरिसकेको छ। यसै क्रममा, प्रधानमन्त्री ओलीले धरानको फोहोर व्यवस्थापनमा परम्परागत विधिहरूको सट्टा आधुनिक प्रविधि आधारित ल्याण्डफिल्ड साइटको आवश्यकता रहेको बताउँदै त्यसमा जोड दिए।